Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नट्सको लगइन र युजर आईडी अनिवार्य लिन नेप्सेको आह्वान

२०७९ कार्तिक ६ गते

बैंकिङ खबर/ सूचीकृत कम्पनीहरुलाई नट्सको लगइन तथा युजर आईडी लिन अनिवार्य रुपमा लिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आह्वान गरेको छ।

नेप्सेले एक सूचना प्रकाशित गर्दै नेप्सेको नयाँ वेबसाइट कात्तिक २७ गतेबाट पूर्ण रुपमा सञ्चालनमा आउने जानकारी गराएको छ। योसँगै सूचीकृत कम्पनीहरुलाई नट्सको लगइन तथा युजर आईडी लिन अनिवार्य रुपमा लिन पनि आह्वान गरेको हो। सूचीकृत कम्पनीहरुको सूचना तथा विवरणहरु नयाँ वेबसाइटबाट सार्वजनिक गर्नका लागि सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई नेप्सेको नट्सको लगइन र युजर आईडी अनिवार्य रहेको पनि नेप्सेले स्पष्ट पारेको छ।

कात्तिक २७ गतेपछि सूचीकृत सम्पूर्ण कम्पनीहरुको सूचना तथा विवरण नयाँ वेबसाइटबाट मात्रै सार्वजनिक हुने नेप्सेले जनाएको छ। पुरानो वेबसाइटअन्तर्गत सम्पूर्ण लगइन तथा युजर आईडी खारेज हुने पनि नेप्सेको भनाइ छ। सूचीकृत कम्पनीहरुले सूचना तथा जानकारी तोकिएको समयसीमाभित्र सम्प्रेषण गर्न नसकेमा प्रचलित प्रावधानअनुसार भई जाने सूचनामा उल्लेख छ।