Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सानिमा बैंकको लाभांश प्रस्ताव

२०७९ कार्तिक ६ गते

बैंकिङ खबर/ सानिमा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको कार्तिक ४ गते बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजी ११ अर्ब ३२ करोड ७३ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १ अर्ब १३ करोड २७ लाख रुपैयाँ बराबरको बोनस शेयर र ०।९८ प्रतिशत अर्थात ११ करोड १० लाख रुपैयाँ नगद लाभांश (कर सहित) प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । १० प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी १२ अर्ब ४६ करोड रुपैयाँ पुग्नेछ ।