Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर धितो कर्जा ५.८% ले घट्यो

२०७९ कार्तिक ४ गते

बैंकिङ खबर/ चालु आर्थिक वर्ष २०७९/०८० को दुई महिनामा  बैंक तथा वित्तीय संस्थाबाट सेयर धितो कर्जामा प्रवाह हुने ऋण ५.८ प्रतिशतले घटेको छ ।

राष्ट्र बैंककाअनुसार भदौ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले ७५ अर्ब ८४ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । जुन अघिल्लो आवको सोही अवधिमा १ खर्ब ४ अर्ब १ करोड ५७ लाख रुपैयाँ रहेको थियो । यो अवधिमा यस्तो कर्जा २८ अर्ब १६ करोड ८० लाख रुपैयाँले घटेको छ । बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जामा १ करोड रुपैयाँभन्दा माथिको, ५० लाखदेखि १ करोड र २५ देखि ५० लाख रुपैयाँसम्म जाने कर्जाको आकार घटेको छ । २५ लाख रुपैयाँसम्म जाने कर्जा मात्रै सामान्य बढेको छ ।

राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म १ करोडभन्दा माथिको सेयर धितोमा जाने कर्जा ७.८ प्रतिशतले घटेको छ । असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट ४२ अर्ब ९२ करोड ३५ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ६८ अर्ब ३७ करोड ३८ लाख रुपैयाँ रहेको थियो ।

यस्तै ५० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मका लागि जाने कर्जा २.६ प्रतिशतले घटेको छ । भदौ मसान्तसम्ममा १० अर्ब २८ करोड ६४ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । अघिल्लो आवको सोही अवधिमा १३ अर्ब ३९ करोड १३ लाख रुपैयाँ रहेको थियो।

यस्तै २५ देखि ५० लाखसम्म जाने कर्जा पनि ५.५ प्रतिशतले घटेको छ । भदौमसान्तसम्म १४ अर्ब ३६ करोड ५८ लाख रुपैयाँ कर्जा प्रवाह भएकामा गत आवको सोही अवधिमा यस्तो कर्ता १४ अर्ब ३२ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

केन्द्रीय बैंकका अनुसार २५ लाखसम्म जाने सेयर धितोकर्जा भने १.२ प्रतिशतले बढेको छ । असार मसान्तसम्म ८ अर्ब २७ करोड २२ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । जुन गत आवको भदौ मसान्तमा ७ अर्ब ९२ करोड ११ लाख रुपैयाँ रहेको थियो ।

 

Ad