२०७३ आश्विन १९ गते

सिद्धार्थ बैंकको पोखरा नयाँ सडक शाखा अब नयाँ भवनमा 

dsc_2906-copyसिद्धार्थ बैंकले पोखराको नयाँ सडकस्थित आफ्नो शाखा कार्यालयलाई साविकको शाखा कार्यालय भवनभन्दा करीब ५०० मिटर उत्तरतर्फ सेलवेज टावरमा स्थानान्तरण गरेको छ । उक्त शाखाको बुधबार नेपाल राष्ट्र बैंक, पोखराका निर्देशक चिरञ्जीवी चापागाईं र बैंकका सञ्चालक समितिका सदस्य दिनेश शंकर पालिखेले संयुक्त रुपमा उद्घाटन गरे । 

उच्चस्तरिय भौतिक सुविधासहित पोखराको प्रमुख व्यापारिक केन्द्रमा अवस्थित यस नयाँ शाखा कार्यालयमार्फत् बैंकले आफ्ना ग्राहकहरुलाई अझै छिटो, छरितो र सर्वसुलभ ढंगले सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।