Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

बैंक अफ काठमाण्डूले २०.९५% लाभांश दिने, बोनस भन्दा नगद बढी

२०७९ आश्विन ३० गते

बैंकिङ खबर/  बैंक अफ काठमाण्डूले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट २०.९५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले कर सहित १४.९५ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृति दिएर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिने छ ।