
बैंकिङ खबर/अमेरिकामा ४० वर्षयताकै महँगी उच्च भएको छ । गत सेप्टेम्बर महिनामा मुद्रास्फीति दर फेरि एकपटक बाइडेन सरकार र केन्द्रीय बैंकको अनुमानभन्दा बढी पुगेको छ। अमेरिकाको सरकारी तथ्यांकका अनुसार उपभोक्ता मूल्यमा तीव्र वृद्धि भएको छ र ४० वर्षको रेकर्ड उच्चमा पुगेको छ। जसका कारण घरायसी तथा अत्यावश्यक वस्तुको भाउ बढेको छ भने जनताको खर्च पनि बढेको छ।
मुद्रास्फीतिको तथ्यांक हेर्दा अमेरिकी फेडरल रिजर्भले आगामी दिनमा ब्याजदर बढाउन सक्ने अनुमान गरिएको छ। अमेरिकी श्रम विभागले जारी गरेको तथ्यांकअनुसार कोर उपभोक्ता मूल्य सूचकांक (सीपीआई) एक वर्षअघिको तुलनामा ६.६ प्रतिशतले बढेको छ।
यो सन् १९८२ यताकै उच्च स्तर हो। कोर सीपीआई अगस्टको तुलनामा सेप्टेम्बरमा ०.४ प्रतिशतले बढेको थियो र अहिले मुद्रास्फीति दर ८.२ प्रतिशत पुगेको छ। अगस्टमा यो संख्या ७.८ प्रतिशत थियो। कोर सीपीआईमा खाना र ऊर्जा समावेश छैन।
सेप्टेम्बरमा सवारी बीमा र घरायसी सामान महँगो भएको छ। अर्कोतर्फ प्रयोग भएका गाडी र कपडाको मूल्य भने घटेको छ। अमेरिकामा घरपालुवा जनावरको हेरचाहदेखि डेन्टल भिजिटजस्ता सेवाहरु महँगो हुँदै गइरहेका छन्।
सेप्टेम्बरमा फेडरल रिजर्भले लगातार तेस्रोपटक ब्याज दर ०.७५ प्रतिशतले बढाएको थियोे। कोर मुद्रास्फीति उच्च स्तरमा पुगेपछि संघीय बैंकले गरेको पहिलो ब्याजदर वृद्धिले खासै असर नपर्ने संकेत देखिएको छ। अमेरिकी फेडरल रिजर्भले २ प्रतिशतसम्म मुद्रास्फीतिको लक्ष्य राखेको छ। अ




