२०७३ आश्विन १९ गते

बागलुङमा लक्ष्मी बैंकको ५५ औँ शाखा विस्तार 

imageलक्ष्मी बैंकले बागलुङ्गमा आफ्नो नयाँ शाखा शुभारम्भ गरेको छ । बैंकले आफ्ना सेवाहरु सहज रुपमा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ । आर्थिक र व्यापारीक दृष्टिकोणले राम्रो मानिने उक्त क्षेत्रमा यो शाखामार्फत सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तिगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गरी व्यक्तिगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरालई फराकिलो पार्दै जाने लक्ष्य बैंकले लिएको छ । बागलुङ शाखा विस्तारसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५५ पुगेको छ । 

ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादन गरी शहरी तथा अर्धशहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास बैंकको छ ।

देशका विभिन्न क्षेत्रका साना तथा लघु उद्यमीतथा कृषकहरुलाई सरल रुपमा कर्जा प्रवाह  र वित्तीय सेवा तथा सल्लाह प्रदान गरी उनीहरुको व्यवसाय प्रवद्र्धन र वित्तीय व्यवस्थापन कार्यमा सहयोग पुर्याउँदै आएको बैंकले दुई विस्तार काउन्टर र ७५ एटीएम काउन्टरहरुमार्फत सेवा दिँदै आएको छ । आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा र सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्य लिएको छ ।