Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

ब्रोकर लाइसेन्सः निवेदन माग्ने सबै कम्पनीलाई सिफारिस गर्ने नेप्से बोर्डको निर्णय

२०७९ आश्विन २६ गते

बैंकिङ खबर/ धितोपत्र बोर्डले एक्सचेन्जको सिफारिसपछि मात्र ब्रोकर लाइसेन्सको अनुमति दिने भएपछि नेप्सेले पनि सिफारिस दिने निर्णय गरेको छ । बुधबार बसेको नेप्सेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बोर्डले ब्रोकर लाइसेन्सका लागि आवेदन मागेपछि नेप्से समक्ष १० वटा कम्पनीले इच्छा जाहेर गर्दै आवेदन दिएका थिए। तर सिफारिस दिने प्रक्रिया अस्पष्ट भएपछि नेप्सेले तत्काल ती कम्पनीहरुलाई सिफारिस दिनबाट हच्किएको थियो।

अर्थ मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाको अध्यक्षतामा बसेको बैठकले सिफारिस माग्न आउने अधिकांश कम्पनीलाई सहजता पु¥याइने निर्णय गरेको छ। यस्तै, सिफारिस मागेका कम्पनीलाई बोर्ड समक्ष अनुमतिको लागि पनि सिफारिस गर्ने निर्णय गरेको छ ।

नेप्सेमा ब्रोकर लाइसेन्सका लागि क्यापिटल म्याक्स सेक्युरिटिज, प्रोपर्टी बिगाड, कलस सेक्युरिटिज, माछापुच्छ्रे सेक्युरिटिज, भोलेनलेज सेक्युरिटिज, सेयर ब्रो सेक्युरिटिज, प्रभु स्टक, एनएमबि सेक्युरिटिज, हिमालयन सेक्युरिटिज र केबिएल सेक्युरिटिजले ब्रोकर लाइसेन्सका लागि सिफारिस माग्दै गर्दै निवेदन दिएका छन्। जसमध्ये हिमालयन सेक्युरिटिजले सिधै धितोपत्र बोर्डमा सिमित कार्यको ब्रोकर लाइसेन्सको अनुमति मागेको छ ।