
बैंकिङ खबर/ नयाँ ब्रोकर लाइसेन्सको सिफारिसको लागि नेपाल स्टक एक्सचेन्जमा १० कम्पनीको निवेदन परेको छ। नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णाबहादुर कार्कीका अनुसार १० कम्पनीको निवेदन परेको हो ।
मंगलबारसम्म भोलेनलेज सेक्युरुटिजज, क्यापिटल म्याक्स सेक्युरुटिज,कलश सेक्युरुटिज, प्रोपर्टि बिगाड,शेयर ब्रो सेक्युरुटिज,हिमालयन ब्रोकरेज,एनएमबि सेक्युरुटिज, केबिएल सेक्युरुटिज, माछापुच्छ्रे सेक्युरुटिज, प्रभु स्टकको निवेदन परेको छ ।
नेपाल धितोपत्र बोर्डमा एक कम्पनीले नेप्सेको सिफारिस बेगर नै निवेदन दर्ता गराएको छ। हिमालयन ब्रोकरेजले नेप्सेको सिफारिस बिनै निवेदन दर्ता गराएको हो।


