Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मल्टीपर्पस फाइनान्सलाई हकप्रद जारी गर्न राष्ट्र बैंकद्वारा सहमति प्रदान

२०७९ आश्विन २४ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले मल्टीपर्पस फाइनान्स लिमिटेडलाई हकप्रद सेयर जारी गर्न सहमति प्रदान गरेको छ। राष्ट्र बैंकले मल्टीपर्पस फाइनान्सलाई चुक्तापुँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशत अर्थत १ः०.३५ अनुपातमा हकप्रद सेयर जारी गर्न सहमति प्रदान गरेको हो।

राष्ट्र बैंकले गत असोज १४ गते यो फाइनान्सलाई पत्र पठाउँदै संस्थाको वार्षिक साधारणसभा वा विशेष साधारणसभाबाट हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्वीकृत गराएपश्चात मात्र हकप्रद सेयर जारी गर्न सहमति प्रदान गरिएको जानकारी गराइएको छ।

गत असोज ३ गते बसेको मल्टीपर्पस फाइनान्सको सञ्चालक समितिको बैठकले हकप्रद सेयर जारी गरी पुँजीवृद्धि गर्न सहमति प्रदान गर्न माग गर्दै राष्ट्र बैंकलाई पत्राचार गरेको थियो।