Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

भारतमा डिजिटल मुद्रा प्रचलनमा आउँदै

२०७९ आश्विन २४ गते

बैंकिङ खबर/भारतमा डिजिटल मुद्रा लन्च गर्ने तयारी गरिएको छ । भारतकी वित्तमन्त्री निर्मला सीतारमणले चालु आर्थिक वर्ष (२०२२–२३) को बजेट प्रस्तुत गर्दा आरबीआईको डिजिटल मुद्रा अर्थात् डिजिटल रुपैयाँ वा ई–रुपीले देशको डिजिटल अर्थतन्त्रलाई बलियो बनाउने बताउनुभएको थियो । भारतीय रिजर्भ बैंक (आरबीआई)को डिजिटल रुपैयाँमा ब्लकचेन प्रविधि प्रयोग गर्न सक्छ ।

शुक्रबार आरबीआईले चाँडै ई–रुपी वा सीबीडीसी (केन्द्रीय बैंक डिजिटल मुद्रा) निश्चित उपयोगहरुका लागि सुरु गर्ने जनाएको छ । यो खुद्रा र थोक लेनदेनका लागि प्रयोग गरिनेछ ।

ई–रुपीले भारतको भुक्तानी प्रणालीलाई नयाँ उचाइमा पुर्याउने बताइएको छ। सर्वसाधारण तथा व्यवसायीले ई–रुपीमार्फत विभिन्न प्रकारका कारोबारका लागि डिजिटल मुद्रा प्रयोग गर्न सक्नेछन्।

आरबीआईले भनेको छ कि सीबीडीसी अर्थात् केन्द्रीय बैंक डिजिटल मुद्राले वित्तीय लेनदेनका लागि मानिसहरुलाई जोखिममुक्त भर्चुअल मुद्रा उपलब्ध गराउनेछ।

सीबीडीसीका दुई उद्देश्य छन्। पहिलो भनेको डिजिटल रुपैया बनाउनु हो र दोस्रो कुनै हिचकी बिना यसलाई सुरु गर्नु हो। सीबीडीसीले यस्तो अफलाइन मोड पनि विकास गर्नुपर्छ, जसमा डिजिटल रुपैयाँबाट कारोबार गर्न सकिन्छ भन्ने पनि आरबीआईको विश्वास छ। यसबाट धेरैभन्दा धेरै मानिसले डिजिटल रुपैयाँ प्रयोग गर्न सक्नेछन्। यो कागजी मुद्राजस्तै हो, जसको सार्वभौम मूल्य छ। डिजिटल मुद्रा भौतिक मुद्राको इलेक्ट्रोनिक रुप हो।

डिजिटल मुद्राको मूल्य पनि विद्यमान मुद्रासरह हुनेछ र सोही हिसाबले स्वीकार्य हुनेछ। सीबीडीसी केन्द्रीय बैंकको ब्यालेन्स सिटमा दायित्वका रूपमा देखा पर्नेछ।