Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

हङकङको केन्द्रीय बैंक नयाँ डिजिटल मुुद्रा ल्याउने तयारीमा

२०७९ आश्विन १६ गते

बैंकिङ खबर/ हङकङको केन्द्रीय बैंक डि फ्याक्टो एचकेएमएका प्रमुख कार्यकारी अधिकृत (गभर्नर) एडी युइ वाई–मानले नयाँ प्लेटफर्म ल्याउन लागिएको बताउनुभएको छ । हङकङको डि फ्याक्टो केन्द्रीय बैंकको रुपमा रहेको एचकेएमए सीईओ भएदेखि नै युइले वित्तीय प्रविधिको विकासमा महत्वपूर्ण योगदान दिनुभएको छ । उहाँको आफ्नो पछिल्लो तीन वर्षको कार्यकालमा आठ भर्चुअल बैंक लाइसेन्स प्रदान गरिएको छ। साथै यो अवधिमा डिजिटल मुद्रा ई–एचकेडी ल्याउने प्रयास पनि सुरु गरिएको छ। डिजिटल मुद्रा ई–एचकेडी ल्याउने तयारी अघि बढेको बताइएको छ ।

हङकङको मौद्रिक व्यवस्थापन नियामक हङकङ मनिटरी अथोरिटी (एचकेएमए) ले ल्याउन लागेको नयाँ अनलाइन डेटा प्रणालीबाट साना व्यवसायले सजिलै ऋण पाउने बताइएको छ । द कमर्सियल डेटा इन्टरचेन्ज (सीडीआई) को माध्यमबाट अब बैंकहरुले छिटै र सहजरुपमा साना र मझौला उद्यमहरुको लागि ऋण दिने वा नदिने विषयमा निर्णय गर्न सक्छन्।

अहिले अघि सारिएको योजनामा संलग्न हुने बैंकले पनि ऋणीहरुको विवरण र उनीहरुको ऋण तिर्न सक्ने क्षमताबारे पनि जानकारी पाउन सक्छन्। यसबाट ऋण लिन चाहनेले पनि सहजरुपमा सस्तो व्याजदरमा ऋण पाउने युइले बताउनुभयो । विश्वव्यापी मन्दी तथा कोरोना महामारीको कारण कमजोर बनेको बजारको कारण साना तथा मझौला उद्योगले हङकङमा आवश्यक लगानी जुटाउन सकेका छैनन्।