Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

३ कम्पनीद्वारा २ अर्ब बढीको आईपीओ निष्कासनको अनुमति

२०७९ आश्विन १२ गते

बैंकिङ खबर/ तीनवटा कम्पनीले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ को लागि धितोपत्र बोर्डसँग अनुमति माग गर्दै आवेदन दिएका हुन् । दुईवटा हाइड्रोपावर र एउटा उत्पादनमूलक समूहको सिमेन्ट उद्योगले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाउँदै बोर्डमा आवेदन दिएका छन् ।

तीन कम्पनीको २ अर्ब १४ करोड ७१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको २ करोड १४ लाख ७१ हजार ५६८ कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गरेका हुन् ।

नेपाल धितोपत्र बोर्डका अनुसार मोदी इनर्जी लिमिटेडले ७२ करोड ५० लाख रुपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो । ३१ भदौमा बोर्डमा आवेदन दिएको कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

यस्तै सिमेन्ट उद्योग सोनापुर मिनिरल्स एण्ड आयल मिमिटेडले १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख कित्ता साधारण सेयर सार्वजनिक निष्कासनमार्फत बिक्री गर्नको लागि बोर्डमा आवेदन दिएको हो । कम्पनीले ४ असोजमा आईपीओ निष्कासनको लागि आवेदन दिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापीटल लिमिटेड रहेको छ ।

 

Ad