Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

एनसीसी र कुमारी बैंकको सेयर कारोबार रोक्का

२०७९ आश्विन ११ गते

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनसीसी बैंक र कुमारी बैंकको सेयर कारोबार रोक्का गरिएको छ । सोमबार एनसीसी बैंक र कुमारी बैंकबीच मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएसँगै असोज ११ गते मंगलबारदेखि दुबै बैंकको सेयर कारोबार रोक्का गरिएको हो ।
मर्जर तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ को विनियम ६९१० बमोजिम एनसीसी र कुमारी बैंकको सेयर रोक्का गरिएको हो । यससँगै अब मर्जर प्रकृया सम्पन्न भई एकीकृत कारोबार भएपछि मात्रै मर्जरपछि बन्ने कम्पनीको नामबाट दोश्रो बजारमा कारोबार खुल्ने छ