२०७३ आश्विन १८ गते

ग्लोबल आईएम क्यापिटल पनि अब अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा

gime-capitalनेपाल क्लियरिङ्ग हाउस लिमिटेडले मर्चेन्ट बैक, ग्लोबल आइएमई क्यापीटल लिमिटेडसंग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली NCHL-IPS सेवासम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ । यस सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानज्यू र ग्लोबल आइएमई क्यापीटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरे । यस सम्झौताअनुसार नेपालक्लियरिङ्ग हाउस लिमिटेडले उक्त मर्चेन्ट बैकलाई अप्रत्यक्ष सदस्यकोे रुपमा अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि NCHL-IPS प्रणाली उपलब्ध गराउने छ । 

NCHL-IPS प्रणालीमा आवद्ध हुने सो कम्पनी पहिलो मर्चेन्ट बैक रहेको छ भने यस प्रणालीका लागि कम्पनीले ६४ बैंक तथा वित्तीय संस्थाहरुसंग प्रत्यक्ष सदस्यको रुपमा र ३ रेमिट कम्पनीसंग अप्रत्यक्ष सदस्यको रुपमा सम्झौता गरिसकेको छ । यस सम्झौतापछि नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अन्तर बैंक विद्युतीय भुक्तानी NCHL-IPS प्रणालीमा ६८ सदस्यहरु आवद्ध भएका छन् ।