Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

ब्रोकर लाइसेन्सका लागि आवेदन दिन सहायक कक्ष स्थापना

२०७९ आश्विन ९ गते

बैंकिङ खबर/ नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालन तथा ब्रोकर लाइसेन्सका लागि आवेदन दिन नेपाल धितोपत्र बोर्ड (सेबोन) सहायक कक्ष स्थापना गरिएको छ ।

सेबोनले एक सूचना प्रकाशित गर्दै नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालन तथा ब्रोकर लाइसेन्सका लागि आवेदन दिन आवश्यक परामर्श उपलब्ध गराउन सहायता कक्ष स्थापना गरिएको जानकारी गराएको हो। सेबोनले सहायतामा दुईजना कामु निर्देशकहरु तोलाकान्त न्यौपाने र नवराज पण्डितलाई खटाएको छ।

नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालन तथा ब्रोकर लाइसेन्सको पूर्वस्वीकृतिका लागि आवेदन दिँदा कुनै अस्पष्टता, द्विविधा वा कुनै सहयोगको आवश्यकता परेमा कार्यालय समयभित्र सहायता कक्षमा सम्पर्क गरी सेवा प्राप्त गर्न सकिने सेबोनले जनाएको छ।