Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सानिमा बैंकको ५१ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

२०७९ आश्विन ७ गते

बैंकिङ खबर/ सानिमा बैंकले ५१ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकका संस्थापक लगानीकर्ताले शेयर बिक्री गर्न खोजेपछि बैंकले उक्त शेयर बिक्रीमा राखेको हो। बैंकको यो सेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र किन्न पाउने छन्। शेयर खरिद गर्न चाहानेले ३५ दिनभित्र आवेदन दिनुपर्ने छ।

उक्त संस्थापक शेयरको न्युनतम मूल्य १४५ रुपैयाँ तोकिएको छ। शेयरधनीले बढाबढ मूल्यमा आवेदन गर्न पाउनेछन्। आवेदन गर्दा न्यूनतम १० लाख कित्ताका लागि आवेदन दिनु पर्नेछ।