Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

अभियान लघुवित्तको २५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

२०७९ आश्विन ७ गते

बैंकिङ खबर/ अभियान लघुवित्त वित्तीय संस्थाको २५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। शुक्रबार कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै दोस्रो बजारमा कारोबार हुने भएको छ। 

नेप्से र लघुवित्तबीच भएको सम्झौता अनुसार कम्पनीको संस्थापक तथा सर्वसाधारण समूहको २५ लाख कित्ता सेयर सूचीकृत भएको हो। नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुमा (कर्मचारीसहित) बिक्री गरेको ९ लाख ७५ हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको १५ लाख २५ हजार कित्ता गरी कुल २५ लाख कित्ता सेयर सूचीकृत भएको छ।

सूचीकृत सेयर आइतबारबाट दोस्रो बजारमा कारोबार हुनेछ। नेप्सेले कम्पनीलाई कारोबारका लागि एभिवाइ ए एन संकेत प्रदान गरेको छ। पहिलो कारोबारको ओपनिङ रेन्ज प्रति कित्ता १०५.३६ रुपैयाँदेखि ३१६.०८ रुपैयाँ तोकिएको छ।