Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

रादी विद्युतको हकप्रद निष्कासन

२०७९ आश्विन ५ गते


बैंकिङ खबर/रादी विद्युत कम्पनी लिमिटेडले बुधबारदेखि हकप्रद सेयरको बिक्री खुलाएको छ । कम्पनीले १ः१.४७५२ को अनुपातमा आफ्ना सेयरधनीका लागि हकप्रद सेयर निश्कासन गरेको हो ।

सेयरधनीहरुले प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१.४७५२ अनुपातमा हकप्रद सेयर खरीदका लागि आजदेखि आवेदन दिनसक्नेछन् । हकप्रद सेयर निष्कासन प्रयोजनकै लागि कम्पनीले भदौ १२ गतेलाई बुक क्लोजको मिति तोकेको थियो । त्यसको अर्थ भदौ ११ गतेसम्म कम्पनीको सेयरधनी कायम सबैजनाले हकप्रद खरीद गर्नसक्नेछन् ।

हाल रादी विद्युत कम्पनीको चुक्तापूँजी ६४.६४ करोड रुपैयाँ रहेको छ । यसरी हेर्दा कम्पनीले ९५.३५ करोड रुपैयाँ बराबरको हकप्रद निष्कासन गरेको हो । यो हिसाबले कम्पनीले १०० रुपैयाँ अंकित दरका ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर बिक्रीमा राखेको छ ।

हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । रादीलाई नियामक धितोपत्र बोर्डले गत साउन ९ गते हकप्रद सेयर निश्कासनको स्वीकृति दिएको थियो ।