September 14th, 2022

२१ ग्राहकहरुलाई लक्ष्मी लघुवित्तद्धारा खेलौना बनाउने तालिम प्रदान

बैंकिङ खबर/  लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले ललितपुर जिल्लाको भैंसेपाटी शाखामा आबद्ध ग्राहक सदस्यहरुलाई खेलौना बनाउने तालिम प्रदान गरेको छ । संस्थाले भाद्र २६ र २७ गते २ दिन उक्त तालिम सञ्चालन गरेको हो । तालिममा व्यवसाय उन्मुख २१ जना ग्राहक सदस्यहरुलाई सहभागी गराइएको थियो ।

तालिमको उद्घाटन कार्यक्रममा बोल्दै संस्थाका नायब प्रबन्धक माधव प्रसाद शर्माले तालिममा बाट सिकेको सीपलाई उद्यमशीलता विस्तारमा लगाउनुपर्ने र समयको उचित सदुपयोग गरी सानो आयमूलक क्रियाकलापबाट समेत आम्दानी सिर्जना गर्न सकिने भएकाले परिश्रमी हुनुपर्ने विषयमा हौसला प्रदान गर्नुभएको थियोे ।

लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुबीमा, विप्रेषण, ट्याबलेट बैकिङ्ग, ई–सेवा, कनेक्ट आईपिएस र लक्ष्मी लघुवित्त स्मार्ट एप सुविधा सँगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पु¥याउने उद्धेश्यले विभिन्न किसिमका क्षमता अभिवृद्धि तथा सीप विकाससम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]