२०७३ आश्विन १७ गते

३० लाख कित्ता आईपीओ निष्काशन गर्दै अरुण काबेली : बोर्डले दियो अनुमति

arunअरुण काबेली हाइड्रो पावर लिमिटेडले ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डको अनुमति पाएको छ । कम्पनीको सर्वसाधारणका एक सय रुपैयाँ अंकित दरका ३० लाख कित्ता आइपिओ निष्काशन गर्नका लागि अनुमति पाएको छ । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

कुल एक अर्ब ५० करोडको अरुण काबेली पावर लिमिटेडको यो आयोजनमा सस्थापक समूहको एक अर्ब पाँच करोड रुपैयाँ लगानी छ । १५ करोड स्थानीय वासिन्दा र बाकी ३० करोड रुपैयाँको सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीले यसअघि नै पाँचथर र ताप्लेजुङका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १५ लाख कित्ता साधारण सेयर निष्कासन गरेर बाँडफाँड समेत गरिसकेको छ । अरुण काबेलीले पाँचथर र ताप्लेजुड.को सिमामा २५ मेगावाटको बिद्युत आयोजना निर्माण गरिरहेको छ ।