Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँड

२०७९ भाद्र २७ गते


बैंकिङ खबर/ श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। कमलपोखरी, काठमाडौंस्थित आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालयमा आईपीओ बाँडफाँड सम्पन्न भएको हो।

मागभन्दा बढी आवेदन परेको हुनाले कम्पनीको प्राथमिक निष्काशनको बाँडफाँड गोलाप्रथाबाट गरिएको छ। कुल १८ लाख ३८ हजार ७ सय ५१ जना आवेदन मध्ये योग्य आवेदक १८ लाख ३७ हजार ४ सय ३६ जनाले आवेदन दिएकोमा १८ लाख ५ सय ७७ जना आवेदकको हात खाली भएको छ।

बाँकी आवेदकमा ३६ हजार ८ सय ५९ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन्। लघुवित्तको आईपीओमा १ करोड ९९ लाख ५७ हजार ६ सय १० कित्ताको लागि कुल रु १ अर्ब ९९ करोड ५७ लाख ६१ हजार बराबरको आवेदन परेको थियो।

आवेदकले आइपिओ रिजल्ट कम्पनी तथा बिक्री प्रबन्धकको वेभसाइट र सिडिएससीको आइपिओ रिजल्ट हेर्ने वेभसाइटबाट हेर्न सक्नुहुन्छ। कम्पनीको जारी पूँजी रु.१०,९३,७५,००० (अक्षेरुपी दश करोड त्रियानब्बे लाख पचहत्तर हजार मात्र) को ३६ प्रतिशले हुन आउने रु.३,९३,७५,००० (अक्षेरुपी तीन करोड त्रियानब्बे लाख पचहत्तर हजार मात्र) रकम बराबर प्रति शेयर रु.१०० अंकित दरका ३,९३,७५० कित्ता साधारण शेयरको सर्वसाधारणमा निष्काशन गर्न लागिएको शेयरको १.३८ प्रतिशतले हुने ५,४७० (जारी पूंजीको ०.५%) कित्ता शेयर कर्मचारीहरु तथा सर्वसाधारणलाई छुट्टाइएको शेयर मध्येको ५% अर्थात १९,६९० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बांकी रहने ३,६८,५९० कित्ता साधारण शेयरहरुको सार्वजनिक निष्काशनमा आएको थियो।