२०७३ आश्विन १७ गते

ग्लोबल आइएमई क्यापिटलको रिफण्ड NCHL-IPS मार्फत सिधै बैंक खातामा

gime-capitalसिटिजन्स बैंक इन्टरनेशनल लि. को संथापक/सर्वसाधारण समुहको हकप्रद शेयर लिलाम बिक्रिको बाँडफाँटमा नपरेका शेयर वापतको रकम आवेदकको बैंक खातामा सोझै पठाइएको छ । बैंकको सेयर निष्काशन तथा विक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लि.ले फिर्ता भुक्तानी अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली NCHL-IPS को आईपीओ रिफन्ड प्रडक्ट (IPOR) मार्फत सोझै आवेदकको बैंक खातामा रकमान्तर गरेको जनाएको छ । 

NCHL-IPS प्रणालीमा आवद्ध नरहेका बैंक वित्तीय संस्थार बैंक खाता उपलब्ध नगराएका लगानीकर्ताको लागि ग्लोबल आइएमई क्यापिटलले छुट्टै चेकबाट भुक्तानी गर्ने व्यवस्था गरेको छ । उक्त भुक्तानी सोझै बैंक खातामा जम्मा गर्दा लगानीकर्ताहरुले चेक लिन र जम्मा गर्न हालसम्म भोग्दै आएको कठिनाई कम भएको र समयको निकै वचत भएको कम्पनीले विश्वास लिएको छ ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले संचालन गर्दै आएको यस प्रणालीमा हाल ६३ बैंक तथा वित्तीय संस्थाहरु र ३ रेमिट कम्पनीहरु आवद्ध रहेका छन् । उक्त प्रणालीमार्फत विभिन्न भुक्तानी सेवाहरु ग्राहकले सदस्य बैंक वित्तीय संस्थाहरुमार्फत प्राप्त गर्न सक्नेछन् ।