Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

२०७९ भाद्र २६ गते

बैंकिङ खबर/ कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकले संस्थापक सेयरधनी महेश सिंह र ललितबहादुर केसीको नाममा भएको कुल १८ हजार ९३२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । जसमा सिंहको नाममा रहेको १७ हजार ९३२ कित्ता र केसीको नाममा रहेको १ हजार कित्ता सेयर बिक्री गर्न लागिएको हो।

सो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिन सक्नेछन्। आवेदन कुमारी क्यापिटल अथवा कुमारी बैंकको केन्द्रिय कार्यालयबाट पेस गर्न सकिन्छ।

सो सेयरको बिक्री मूल्य बिक्रेताले तोके अनुसार हुनेछ। ३५ दिन भित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नपरे सो सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने क्यापिटलले जनाएको छ।