
बैंकिङ खबर/ नयाँ स्टक एक्सचेन्जको अनुमति पाउने कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्नुपर्ने भएको छ। सरकारले धितोपत्र सञ्चालन नियमावली २०६४ संशोधन गर्दै ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नुपर्ने निर्णय गरेको हो।
मंगलबारको मन्त्रिपरिषदद्वारा नियमावली संशोधन भएको थियो। स्टक एक्सचेन्जमा सर्वसाधारणको समेत हिस्सा हुँदा त्यसको प्रतिफल समेत पाउने भएकाले ३० प्रतिशत सेयर जारी गर्ने प्रावधान राखिएको बताइएको छ ।


