
बैंकिङ खबर/ अब वैदेशिक रोजगारीमा गएका नेपालीले प्राथमिक सेयर निष्कासन (आर्इपीओ) मा १० प्रतिशत आरक्षण कोटा पाउने भएका छन्। हालै बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ लाई पाँचौ पटक संशोधन गर्दै वैदेशिक रोजगारीमा गएका श्रमिकलाई आईपीओमा आरक्षण दिने व्यवस्था गरेको हो।
बोर्डले आईपीओमा सर्वसाधरणले पाउँदै आएको ३० प्रतिशतबाटै १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा गएकाहरुलाई छुट्याएको हो। श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकले मात्र आरक्षण सेयर पाउनेछन्।
हालको व्यवस्था अनुसार आइपिओ जारी गर्दा संगठित संस्थाले जारी पुँजीको १० प्रतिशत आयोजना प्रभावितलाई छुट्याउने गर्छन्। जारी पुँजीको सानो अंश कम्पनीका कर्मचारीले समेत पाउने गरेका छन्। यस बाहेक सर्वसाधरणलाई जारी हुने कुल सेयरको ५ प्रतिशत म्युचुअल फन्डहरुलाई आरक्षित हुने गरेको छ।


