Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्से कर्मचारी संघ भन्छ, ‘नयाँ स्टक एक्सचेन्ज आवश्यक छैन’

२०७९ भाद्र २३ गते

बैंकिङ खबर/ नेप्से कर्मचारी संघले नयाँ स्टक एक्सचेन्ज आवश्यक नरहेको बताएको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले सेबोनको संशोधित नियमावली स्वीकृत गर्दै नयाँ स्टक एक्सचेन्ज सञ्चालनको बाटो खुला गरेको छ। योसँगै नेप्से कर्मचारी संघले बिहीबार विज्ञप्ति जारी गर्दै नयाँ स्टक एक्सचेन्ज आवश्यक नरहेको जनाएको छ। संघले नयाँ स्टक एक्सचेन्ज आवश्यक नरहनुमा आफ्ना विभिन्न तर्कहरु पनि पेस गरेको छ।

संसारभरका स्टक एक्सचेन्जहरुको मर्जरको लहर चलिरहेको बेला नेपालजस्तो सानो अर्थतन्त्र भएको देशमा नयाँ स्टक एक्सचेन्ज खोल्न दिनुले सर्वथा गलत रहेको संघको ठम्याइ छ। ‘अझ त्यसमाथि नयाँ स्टक एक्सचेन्जमा प्राइभेट कम्पनीसमेतलाई लगानी गर्न दिनु अवैज्ञानिक र अव्यवहारिक छ’, विज्ञप्तिमा भनिएको छ।