लघुवित्तले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गरेको थियो । त्यसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो। बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयर सर्वसाधारणको लागि वितरण गरिएको हो।
लघुवित्तको आईपीओमा १८ लाख ८३ हजार ११८ आवेदन परेको क्यापिटलले जनाएको छ। जसमध्ये १७ लाख ८४ हजार ६२५ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी अस्वीकृत भएका छन्। स्वीकृत आवेदनमध्ये १२ हजार ३४० जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको हो।
लघुवित्तको आइपीअो चारवटा साइटबाट हेर्न सकिनेछ । निष्काशनकर्ताको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, सिडिएसको मेरो शेयरको वेबसाइट र सिडीएसले आइपीओ नतिजा हेर्न संचालन गरेको वेबसाइटमार्फत आइपीओ रिजल्ट हेर्न सकिनेछ ।
यी चारवटा साइटबाट हेर्नुस रिजल्ट :
कम्पनीको वेबसाइट : https://khaptadmfi.com.np/
बिक्री प्रबन्धकको वेबसाइट : https://www.prabhucapital.com/
मेरो शेयरको वेबसाइट : https://meroshare.cdsc.com.np/#/login
सिडिएसले आइपीओ नतिजा हेर्न संचालन गरेको वेबसाइट : https://iporesult.cdsc.com.np/





