Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

साउनयता ९५ अर्बले घट्यो वाणिज्य बैंकहरुको निक्षेप, सीडी रेसियो ८७.६९ प्रतिशत

२०७९ श्रावण २३ गते

बैंकिङ खबर/ साउनयता वाणिज्य बैंकहरुको निक्षेप ९५ अर्ब रुपैयाँले घटेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार २० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप घटेर ४४ खर्ब ४६ अर्ब रुपैयाँमा सीमित बनेको छ। गत असार मसान्तसम्म कुल निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ थियो। यो हिसाबले निक्षेप ९५ अर्ब रुपैयाँले घटेको छ।

एनबीएका अनुसार वाणिज्य बैंकहरुको निक्षेप साउनको पहिलो साता ६३ अर्ब रुपैयाँ, दोस्रो साता २८ अर्ब रुपैयाँ र तेस्रो साता ४ अर्ब रुपैयाँले घटेको छ।

यसैगरी साउन लागेता वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ९ अर्ब रुपैयाँले घटेको छ। योसँगै साउन २० गतेसम्म बैंकहरुको कुल कर्जा लगानी घटेर ४१ खर्ब ६६ अर्ब रुपैयाँमा झरेको छ। गत असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब रुपैयाँ थियो।

बैंकहरुको कर्जा लगानी साउनको पहिलो साता १० अर्ब रुपैयाँ र दोस्रो साता १ अर्ब रुपैयाँले घटेको थियो। तेस्रो साता भने कर्जा लगानी २ अर्ब रुपैयाँले बढेको छ। साउन २० गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८७.६९ प्रतिशत रहेको एनबीएले जनाएको छ । 

Ad