Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

भदौमा पनि निक्षेपको ब्याज नबढाउने बैंकहरूको सहमति

२०७९ श्रावण २२ गते

बैंकिङ खबर/ भदौमा पनि वाणिज्य बैंकहरूले निक्षेपको ब्याज नबढाउने भएका छन् । राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछि समीक्षाका लागि बसेको बैंकर्स संघको बैठकमा यस्तो सहमति भएको हो ।

मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले नीतिगत दरहरु (बैंक रेट, पोलिसी रेट, सीआरआर,एसएलआर आदि) बढाएकाले भदौदेखि निक्षेपको ब्याजदर बढ्ने र त्यसले कर्जाको ब्याजदर पनि बढाउने अपेक्षा गरिरहेका बेला बैंकहरुले निक्षेपको ब्याजदर नबढाउने सहमति गरेका हुन् ।

बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायका अनुसार साउन महिनामा निक्षेप करिब १ खर्बले घटेको यसकारण ब्याज खर्च (लागत) नबढाउने सहमति भएको हो ।
भदौदेखि नै संस्थागत निक्षेपको ब्याजदर भने राष्ट्र बैंकको निर्देशनअनुसार व्यक्तिगत मुद्दतीको भन्दा २ प्रतिशत विन्दुले कम हुने उनले बताए ।

आउँदो भदौमा पनि वाणिज्य बैंकहरूले एक वर्षे मुद्दती निक्षेपमा अधिकत ११.०३ प्रतिशत ब्याजदर प्रकाशित गर्नेछन् । तर, एक वर्षे संस्थागत मुद्दती निक्षेपको ब्याजदर ९.०३ प्रतिशत र साधारण बचतको ६.०३ प्रतिशत रहनेछ । यो वर्ष राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपभन्दा २ प्रतिशत विन्दुले कम ब्याज दिन निर्देशन दिएको छ । यसअघि यस्तो अन्तर एक प्रतिशत विन्दु थियो ।

 

Ad