चालु आव २०७३/७४ को पहिलो त्रैमाशमा नै लघुवित्त बैंकबाहेकका बैंक तथा वित्तीय संस्थाहरुले १ अर्ब ९० करोड रुपैयाँ नाफा गरेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको एक मासिक प्रतिवेदनले यस्तो देखाएको हो । गत आव २०७२/७३ को पहिलो महिनामा समग्रमा बैंकहरु नोक्सानमा देखिएका थिए ।
कुल नाफामध्ये, वाणिज्य बैंकहरुले समग्रमा १ अर्ब ३४ करोड रुपैयाँ कमाएका छन् । बिकास बैंकहरुको समग्रमा नाफा १९ करोड नाफा भएको छ । त्यस्तै, वित्त कम्पनीहरुको ३६ करोड नाफा छ । लघुवित्त कम्पनीहरुको नाफा भने ४३ करोड रुपैयाँ रहेको छ ।
वाणिज्य बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ । बैंकको नाफा ५२ करोड रुपैयाँ रहेको देखिन्छ । नबिल ३६ करोड, नेपाल इन्भेष्टमेन्ट ३३ करोड रुपैयाँ नाफामा छन् । तर अधिकांश बैंकहरु नोक्सानमा छन् । सिटिजन्स बैंक १२ करोड, एनएमबी ५ करोड नोक्सानमा रहेका छन् । गत आवको पहिलो महिनामा पनि अधिकांश बैंकहरु नोक्सानमा थिए ।
बिकास बैंकहरुमा भिबोर बिकास बैंक नाफाको आधारमा अगाडी छ । बैंकको २१ करोड नाफा रहेको छ । त्यसपछि सहयोगी बिकास बैंक र एनआइडीसी रहेका छन् । बैंकहरुको नाफा क्रमशः ५८ लाख ४६ लाख रहेको छ ।