Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कतारमा ५० हजार रियालभन्दा माथिको कारोबार बैंक ट्रान्सफरबाट मात्र भुक्तानी

२०७९ श्रावण १६ गते

 

बैंकिङ खबर/ कतारले ५० हजार कतारी रियालभन्दा माथिको नगद कारोबारमा प्रतिबन्ध लगाएको छ । कतार केन्द्रीय बैंकले आफ्नो आधिकारिक ट्विटर अकाउन्टमार्फत सरकारको यो निर्णयको जानकारी दिएको हो ।

उक्त ट्विटमा क्यूसीबीले मन्त्रिपरिषद्को निर्णयअनुसार ५० हजार कतारी रियालभन्दा बढीको नगद धेरै प्रकारका कारोबारमा प्रयोग गर्न प्रतिबन्ध लगाइएको जनाएको छ। । अब कतारमा ५० हजार रियालभन्दा माथिको कारोबारमा व्यक्तिले चेक, क्रेडिट कार्ड, डेबिट कार्ड वा बैंक ट्रान्सफरबाट भुक्तानी गर्नुपर्ने हुन्छ ।

५० हजारभन्दा बढी कतारी रियाल सबै प्रकारका सम्पत्तिको बिक्री, खरिद र भाडामा र सम्पत्ति परिमार्जन गर्न प्रयोग गर्न नपाइने उल्लेख छ ।
यसका साथै यो प्रतिबन्ध सबै प्रकारका सवारीसाधन, बहुमूल्य धातु, रत्न र आभूषण आदिको बिक्री, खरिद र भाडामा लागू हुनेछ ।

यसबाहेक उँट, घोडा, गाईवस्तु आदिको हकमा पनि यो सर्त लागू गरिएको जनाइएको छ। यो प्रतिबन्ध समुद्री यातायातको मामलामा पनि लगाइएको छ । यसअघि गत जुलाईमा कतारमा नगदमार्फत लग्जरी कार किनेर अवैध रुपमा सम्पत्ति शुद्धीकरण गरेको आरोपमा सातजना पक्राउ परेका थिए।

Ad