Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अब पाँच लाख रुपैयाँसम्मको निक्षेप बीमा

२०७९ श्रावण १५ गते

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थामा प्राकृतिक व्यक्तिको खातामा रहेको ५ लाख रुपैयाँसम्मको बीमा (सुरक्षण) हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार पुनर्बहालीपछि ५ लाख रुपैयाँसम्म निक्षेपको सुरक्षण हुने व्यवस्था सहितको कर्जा सुरक्षण नियमावली स्वीकृत गर्नुभएको छ ।
यसअघि ३ लाख रुपैयाँसम्म निक्षेपको बीमा हुने व्यवस्था थियो ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत उक्त सीमा बढाएर ५ लाख बनाएको थियो । बजेटको व्यवस्था बमोजिम निक्षेप तथा कर्जा सुरक्षण कोषले नियमावली संशोधन गरी स्वीकृतिका लागि अर्थमन्त्रालय पठाएको थियो ।

Ad