July 26th, 2022

‘बैंकमा पैसाको अभाव देखिनुको प्रमुख कारण क्रिप्टोकरेन्सी’

बैंकिङ खबर/ प्रतिनिधि सभा सदस्य इन्दुकुमारी शर्माले बैंकमा पैसाको अभाव देखिनु र शेयर बजार धरासाही हुँदै जानुको प्रमुख कारण क्रिप्टोकरेन्सी रहेको बताउनुभएको छ ।

मंगलवार बसेको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उहाँले नेपालमा ५ लाख भन्दा धेरै मानिसहरु गैरकानूनी कारोबार क्रिप्टोकरेन्सीमा संलग्न भएको भन्दै तत्काल क्रिप्टोकरेन्सी कारोबार करको दायरा वा नियन्त्रण गर्न माग गर्नुभयो । उहाँले पछिल्लो समय बैंकमा पैसाको अभाव देखिनु, शेयर बजार धरासाही हुँदै जानुमा क्रिप्टोकरेन्सी प्रमुख कारण रहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, नेपालमा ५ लाख भन्दा धेरै मानिसहरु गैरकानूनी कारोबार क्रिप्टोकरेन्सीमा संलग्न छन् । लगानीकर्तालाई कानुनको डर छ भने लगानी सुरक्षित छैन भन्ने आंतक छ । छोटो समयमा नै धेरै मुनाफा हुने व्यापार क्रिप्टोकरेन्सी बेरोजगारी युवा,भष्टाचारी ,जग्गा र हुण्डी कारोबारमा नेतादेखि कार्यकता समेतको आकर्षण बढ्न थालेको छ । बैंकमा पैसाको अभाव देखिनु शेयर बजार धरासाही हुँदै जानुमा क्रिप्टोकरेन्सी प्रमुख कारण रहेको छ । क्रिप्टोकरेन्सीलाई करको दायरामा ल्याएर नियन्त्रण गर्न सरकारसँग माग गर्दछु ।’


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]