
बैंकिङ खबर/ सांसद हृदयेश त्रिपाठीले बैंकहरु नाफामुखी, टाइसुटधारी र मिटरव्याजी साहुजस्ता भएको बताउनुभएको छ ।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद त्रिपाठीले बैंकहरुको नियमन र नियन्त्रण नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बैंकहरु उद्योगमा लगानी गर्न चाहदैनन् । अनुपात्दक क्षेत्र र देशको अर्थतन्त्रलाई भार बोलाउने काममा लिप्त छन् । बैंकहरुले कानून अनुसार १० प्रतिशत कृषि क्षेत्रमा गर्नुपर्ने लगानी अहिलेसम्म कुनै पनि बैंकले गरेको पाइदैन ।’ यस विषयमा राष्ट्र बैंक लाचार भएको पनि बताउनुभयो ।