Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

आर्थिक संकटको बाटोतिर यी १३ देश, विदेशी मुद्राको सञ्चिती निरन्तर घट्दो !

२०७९ श्रावण ३ गते

बैंकिङ खबर । यतिबेला श्रीलंका गहिरो आर्थिक संकटको भूमरीमा फसेको छ । श्रीलंकाको इतिहासमै यो आर्थिक संकट ७३ वर्षपछिको सबैभन्दा ठूलो हो । सर्वसाधारण नागरिकको जनजीवन थप दिन–प्रतिदिन कष्टकर बन्दै गएको छ । अहिले श्रीलङ्कामा सङ्कटकाल लागू भएको छ ।

कार्यवाहक राष्ट्रपति रनिल बिक्रमासिङ्गेले सङ्कटकालको घोषणा गर्नुभएको छ । उहाँले राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न, नागरिकको जीवन रक्षा गर्न तथा अत्यावश्यकीय सेवा आपूर्तिका लागि सङ्कटकालको घोषणा गर्न आवश्यक रहेको बताउनुभएको थियो । त्यहाँ नयाँ राष्ट्रपति चुन्न प्रक्रिया सुरु भएको छ । आर्थिक सङ्कटले निम्त्याएको समस्या समाधान गर्न असफल भएपछि पूर्वराष्ट्रपति राजपाक्षेसहित परिवारले नै देश छाडिसकेका छन् ।

यसैबीच श्रीलंकाको मुद्रास्फीतिको दर ह्वातै बढेको छ । अघिल्लो महिना ५४ प्रतिशत रहेको श्रीलंकाको मुद्रास्फीतिको दर अहिले ७० प्रतिशत नाघेको छ । खाद्यवस्तुमा स्फीतिको दर शतप्रतिशत माथि उक्लिएको छ । विदेशी ऋणभार ५१ अर्ब डलरहाराहारी छ । यसमध्ये २८ अर्ब डलर सन् २०२७ सम्ममा तिर्नैपर्नेछ ।

श्रीलंका मात्र होइन हाल सम्पन्न भनिएका कतिपय देशहरु अहिले आर्थिक संकटमा जान थालेका छन् । अमेरिका २००० देखि २०२० मा २ पटकसम्म आफुले लिएको ऋण तिर्न नसक्ने अवस्था पुगेको थियो । २०१२ मा ग्रिसले पनि अफुले लिएको ऋण तिर्न सकेको थिएन । त्यस्तै, २०१८ मा रुसले, २००३ मा उरुग्वे, २००५ मा डोमिनिकन रिपब्लिक र २००१ मा इक्वेडोरले तिर्न सकेको थिएन ।

अहिले युक्रेन–रुस युद्ध भैरहेको छ । यस  युद्धले विश्वभर महंगी बढेको छ । कारोना महामारीका कारण लामो समय सम्म अर्थतन्त्र चलायमान हुन सकेको छैन । यस्तै अर्थतन्त्रको मार अन्य देशलाई समेत परेको देखिन्छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार हाल १३ देशमा आर्थिक संकट देखिन थालेको छ । 

पाकिस्तान

पाकिस्तानमा पनि आर्थिक संकट देखिन थालेको छ । पाकिस्तानसँग ५ हप्ता आयत धान्ने विदेशी मुद्रा सञ्चिती रहेको छ । पाकिस्तानसँग ९.८ अर्ब अमोरिकी डलर सञ्चित रहेको छ । अहिले एक रुपैयाँ अमेरिकी डलर बराबार २१० रुपैयाँ पाकिस्तानी पैसा रहेको छ ।

पाकिस्तान आफ्नो राजस्वको ४० प्रतिशत रकम ऋण दिर्नमा खर्च गर्ने गरेको छ । नयाँ प्रधानमन्त्री शाहबाज शरीफको सरकारले अहिले खर्च कटैती नगर्ने हो भने पाकिस्तान पनि श्रीलंकाको हालतमा पुग्न सक्ने खतरा बढेर गएको विश्लेषकहरु बताउँछन् ।

म्यानमार

म्यानमारमा पनि आर्थिक संकट देखिन थालेको छ । त्यहाँका सञ्चार माध्यमहरुमा विदेशी मुद्रा सञ्चितिलाई लिएर विभिन्न रिपोर्ट प्रकाशन भइ रहेको छ । मिडिया एजेन्सी रोयटर्सका अनुसार अहिले म्यानमारमा विदेशी मुद्रा सञ्चिती कम रहेको बताइएको छ । मुद्रा स१चयका लागि त्यहाँको केन्द्रीय बैंकले नयाँ नियम ल्याएको छ ।

जसमा आन्तरिक रुपमा लेददेन गर्दा विदेशी मुद्राको प्रयोग गर्न नपाइने बताइएको छ । अहिले तेल र खानेपानीको मुल्य वृद्धि भैरहेको छ । गतवर्ष त्यहाँको सत्ता सेनाले कब्जा गरेको थियो । जसबाट राजनीतिक र आर्थिक सुधारमा १० वर्ष ब्रेक लागेको विश्लेषकहरुले बताउँदै आएका छन् ।

अर्जेन्टिना

अर्जेन्टिनाको विदेशी मुद्रा सञ्चिती नाजुक अवस्थामा पुगको छ । त्यहाँको मुद्रा अहिले कालोबजारीमा ५० प्रतिशत छुटमा कारोबार गर्न पाइन्छ । अर्जेन्टिनासँग २०२४ सम्म काम गर्ने पर्याप्त रकम समेत छैन ।

अर्जेन्टिनाले २००१ मा आफुले लिएको ऋण चुकाउन नसक्ने बताएको थियो । त्यसबेला उसलाई धेरै ऋण र वेरोजगारको समस्या भोगिरहेको थियो ।

युक्रेन

कयौ महिना अघि देखि रुस–युक्रेन युद्ध चलिरहेको छ । युक्रेनले रुसको सामान गर्न विभिन्न हतियार लगायताका सामान किन्न ठूलो मात्रामा विदेशी मुद्रा खर्च गरेको छ । अहिले सेप्टेम्बर महिना युक्रेनको लागि संकटको महिना हो ।

किनकि युक्रेनले १।२ बिलियन डलर फण्ड तिर्नुपर्ने छ । युक्रेनलाई २० अर्ब डलर भन्दा बढीको ऋण सम्रचना गर्नपर्ने भनेर भनिन्दै आएको छ । युक्रेनको ठूलो ग्यास तथा तेल कम्पनीले यसै साता दुई वर्षको ऋण फ्रिर्ज गर्न माग गरेको छ । युद्धमा बढी खर्च गरेकाले यो देश पनि आर्थिक संकट उन्मुख छ ।

ट्युनिसिया

अहिले ट्युनिसिया जोखिम अबस्थामा छ । अहिले यसको बजेट घाटा मात्र १० प्रतिशतले बढेको छ । श्रमिकको लागि यो देश विश्वमै पहिलो देशको रुपमा मानिने गरिएको छ । तर अहिले यो देशले अन्य ऋण लिन सक्ने अवस्था छैन ।

यो देशले लिएको ऋण तिर्न सकिरहेको छैन । ऋण नतिर्नेको सुचिमा यो देश तेस्रो स्थानमा रहेको छ । त्यसले गर्दा यो देश आर्थिक संकट उन्मुख देखिएको छ ।

घाना

घानाको जिडिपी अनुपादमा ऋण ७५ प्रतिशतले बढेको छ । यो देशको मुद्राले अफ्नो मूल्यको झण्डै एक चौथाई गुमाएको छ । यो देशले राजस्व भन्दा बढी रकम ऋणको व्याज तिर्नमा खर्च गरिरहेको छ । मुद्रास्फीति समेत ३० प्रतिशत पुगिसकेको छ । त्यसले गर्दा यो देश पनि आर्थिक संकटको सामाना गरिरहेको छ ।

इजिप्ट

इजिप्टको जिडिपिको अनुपातमा ऋण झण्डै ९५ प्रतिशत रहेको छ । यो देशले अघिल्लो ५ वर्षमा करिव १०० अरब डलर ऋण भुत्तानी गर्नुपर्ने हुन्छ । तर त्यो भुक्तानी गर्न सक्ने अवस्थामा देखिन्दैन । यसले ऋणमा धेरै भुत्तानी गर्नुपर्ने र बड्दो महंगीका कारण यो देश समेत आर्थिक संकटउन्मुख देखिन थालेको छ ।

केन्या

केन्याले अफ्नो राजस्वको करिब ३० प्रतिशत रकम व्याज भुक्तानीमा खर्च गर्छ । यस देशको मुद्राले अफ्नो मूल्य झण्डै आधा हिस्सा गुमाई सकेका छन् । यो देशको हाल पूँजी बजारमा पहुँच छैन । त्यसले गर्दा यो देश समेत आर्थिक संकटको सामना गर्न थालेको छ ।

इथियोपिया

यो देशमा गृह युद्धका कारण विकास ठप्प छ । तरपनि यो देशले वार्षिक एक विलियन डलर फण्ड सेवा जारि राखेको हुन्छ । जि २० साझा फ्रेमवर्क कार्यक्रम अन्तर्गत ऋण राहत पाउन सक्छ ।

यस योजना अन्तर्गत राहत पाउने इथियोपिया पहिलो देश हुनेछ । गृहेयुद्ध र ऋणको मात्र धेरै भएकाले यो देश पनि आर्थिक संकट उन्मुख रहेको छ ।

एल साल्भाडोर

यो देशले विटक्वाइनलाई कानूनी रुपमा मान्यता दिएको छ । क्रिप्टो करेन्सीमा अहिले गिरावट भएका कारणले गर्दा एल साल्भाडोरले आर्थिक संकट भोगिरहेको छ ।

पछिलो ९ महिनामा त्यहाँको सरकारले लाखौँ डलर विटक्वाइनमा लगानी गरेको छ । तर त्यसको प्रतिफल नआएका कारण यो देश आर्थिक संकटमा जाने खतरा बढेको छ ।

बेलारुस

पश्चिमा देशले लगाएको प्रतिबन्धका कारण रुस पनि आर्थिक संकटको सामाना गरिरहेको छ । मे २७ को रुसले १० कारोड डलर भुक्तानी गुर्नपर्ने थियो तर रुसले त्यो भुक्तान गर्न सकेको छैन ।

त्यसपश्चात ३० दिनको समय दिएको थियो तरपनि रुसले तिर्न सकेको छैन । त्यसपछि रुसलाई डिफ्ल्डर (ऋण तिर्न नसकेको अवस्था) घोषित गरेको छ । रुस–युक्रेन युद्धमा बेलारुस रुसको पक्षमा रहेको छ ।

त्यसैले बेलारुसले पनि आर्थिक संकटको सामना गर्नुपरिरहेको छ । रुसले जस्तै यो देशले पनि आर्थिक संकट भोग्नु पर्ने हुन्छ ।

इक्वेडर

यो देशले दुई वर्ष अघि आफुले लिएको ऋण तिर्न नसकेर यसलाई डिफ्ल्डर घोषण गरिएको थियो । त्यसपछि यो देशमा हाहाकार मचिएको थियो । त्यतीबेला राष्ट्रपति गुईलेर्मो लासोको विरोध भएको थियो ।

जसका कारण झन यो देश आर्थिक संकटमा ढकेलिएको छ । त्यहाँको सकारले सार्वजनिक क्षेत्रको वित्तीय घाटा यो वर्ष जीडीपीको २।४ प्रतिशत र अर्को वर्ष २.१ प्रतिशत पुर्याउने प्रक्षेपण गरेका छन् ।

नाईजेरिया

यो देशको पनि ऋण धेरै छ । नाईजेरियाले आफ्नो राजस्वको ३० प्रतिशत ऋणको व्याज तिर्नमा खर्च गर्ने गर्छ । सयुक्त राष्ट्र मानवीय कार्यकताले समेत दक्षिण पूर्व बस्ने बासिन्दाको जनजिवन नाजुक हुँदै गएको बताउदै आएका छन् ।

नाइजेरिया एक तेल खानी भएको देश हो तर यो देशमा तेल उत्पादन गर्ने उद्योगको कमी छ । जसको कारण यो देशले समेत तेल आयत गर्ने गरेको छ । यो क्षेत्र सशत्र द्वन्द्वको प्रभावमा परेको क्षेत्र हो । त्यसले गर्दा समेत यो देशमा आर्थिक संकट भोगिरहेको छ ।

बीबीसीको सहयोगमा

 

Ad