Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

रुसले क्रिप्टोकरेन्सीमा लगायो पूर्णप्रतिबन्ध

२०७९ श्रावण २ गते

बैंकिङ खबर/ रुसले डिजिटल एसेट्सबाट भुक्तानी गर्न पूर्णप्रतिबन्ध लगाएको छ। रुसी राष्ट्रपति भ्लादमिर पुटिनले उक्त कानूनमा हस्ताक्षर गर्दै डिजिटल एसेट्स र डिजिटल राइट्सलाई मुद्राको मान्यता नदिने घोषणा गरेका छन्।

जसका कारण त्यसलाई वस्तु वा सेवा खरिदमा भुक्तानी गर्न प्रतिबन्ध लगाइएको छ। रुसले रुबललाई मात्रै आधिकारिक र वैध मुद्राको मान्यता दिँदै अन्य सबै मुद्रा रसियाभित्र नचल्ने घोषणा गरेको छ।

रुसी सरकार र त्यहाँको केन्द्रीय बैंकबीच क्रिप्टोकरेन्सीलाई के गर्ने भन्ने लामो छलफल पछि नयाँ कानून कार्यान्वयनमा आएको बताइएको छ।

रुसको केन्द्रीय बैंक, बैंक अफ रसियाले गत जनवरीमै क्रिप्टो माथि प्रतिबन्ध लगाउन प्रस्ताव गरेको थियो। केन्द्रीय बैंकले भुक्तानी र लगानीमा पूर्णप्रतिबन्ध लगाउन सरकारलाई प्रस्ताव गरेको थियो।