यती डेभलपमेण्ट बैंकको न्यूरोड शाखाले नेपालीहरुको महान चाड बिजया दशमीलाई लक्षित गरी दलाछी परिवार क्लबको सहकार्यमा काठमाडौं न.पा. वडा नं २१ करुणमय मार्ग दलाछीमा टोल सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । टोल सरसफाई कार्यक्रममा ब्यापक स्थानीय बासिन्दाहरुको सहभागीता रहेको थियो । यति डेभलपमेन्ट बैंकको “ संस्थागत सामाजिक दायित्व अन्तरर्गत सरसफाई कार्यक्रम” भन्ने नाराका साथ सम्पन्न भएको उक्त कार्यक्रममा बैंकका न्यूरोड शाखा प्रमुख हरेकृष्ण वाग्ले ले सामाजिक हितका लागी हुने कार्यमा निरन्तर बैंकको सहयोग रहने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा सभासद ध्यान गोबिन्द रंजितले समाजिक कार्यमा यती डेभलपमेण्ट बैंकले देखाएको सद्भाब र सहकार्यका लागि धन्यवाद ज्ञापन गरेका थिए ।