Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

चौथो सामना बैंकिङ पूरस्कार प्रा.डा. परासर कोइरालालाई

२०७३ आश्विन ९ गते

parashar-koiralaप्रा.डा. परासर कोइराला चौथो सामना बैंकिङ पूरस्कारबाट सम्मानित भएका छन् । उनीद्धारा लिखित “Essentials of Commercial Bank Management” नामक पुस्तकका लागि उनले उक्त सम्मान पाएका हुन् । यस गुठीको एघारौ साधारण सभाले उक्त पुरस्कारका लागि कोइरालालाई चयन गरेको थियो । नेपालको वैकिंग/वित्तीय क्षेत्रमा उच्चकोटीका अनुसन्धनात्मक/विश्लेषणात्मक ग्रन्थहरुको लेखन तथा प्रकाशनलाई प्रोत्साहन गरी यस क्षेत्रको विकासमा योगदान गर्ने मुख्य उद्देश्यले स्थापित सामना बैंकिङ्ग पुरस्कार गुठीको चोथो सामना बैंकिङ्ग पुरस्कार एक भव्य समारोहका बीच उनले प्रथम गभर्नर हिमालय शमशेर राणाबाट उक्त पुरस्कार प्राप्त गरेका हुन् । 

योभन्दा अघि२०७२ सालमा  तेश्रो पुरस्कार श्री भोलाराम श्रेष्ठद्वारा लिखित “नेपालमा वित्तीय प्रणाली एक पर्यवलोन”  र श्री देवेन्द्रवाहदुर राउतद्धारा लिखित “Micro Finance Strategy, challenge, adaptation in Nepal” नामक पुस्तहरुलाई संयुक्त रुपमा प्रदान गरिएको थियो । त्यस्तै दोश्रो पुरस्कार लेखकद्वय श्री राजनविक्रम थापा र दीर्घवहादुर रावललाई र प्रथम पुरस्कार  लेखकद्वय डाः रमा वस्यालद्वारा र वरिष्ठ पत्रकार श्री भरत भूर्तृेल (स्वर्गीय) लाई वैकिंग र वित्तीय क्षेत्रमा लेखिएका  पुस्तकहरुलाई संयुक्तरुपमा प्रदान गरिएको थियो ।

यही समारोहमा पत्रकारिताको माध्यमवाट वैकिंग/वित्तीय क्षेत्रमा योगदान गरेवापत २०७२ सालमा दिइने रु १५ हजारको दोश्रो सामना वैकिंग पत्रकारिता पुरस्कार प्रमाणपत्रसहित कान्तिपुर टेलिभिजनका वरिष्ठ पत्रकार हिमाल न्यौपानेलाई प्रमुख अतिथीवाट प्रदान गरियो । उक्त पुरस्कारको लागि नेपालआर्थिक पत्रकार समाजका प्रतिनिधि र वरिष्ठ वैकिंग/आर्थिक पत्रकारसहितको गुठीको यससम्वन्धी समितिकोे  सिफारिशमा उक्त निर्णय गरिएकोे थियो । यसअघि २०७० मा यस्तो पहिलो पत्रकारिता पुरस्कार कारोवार राष्टिय आर्थिक दैनिकका वरिष्ठ पत्रकार लोकवहादुर चपागाईलाई प्रदान गरिएको थियो ।  

यसैगरी रु. १० हजारको रेवत बैंकिङ्ग छात्रबृति त्रिवि अर्थशास्त्र विभाग दोश्रो वर्ष अध्ययन गर्ने विद्यार्थीहरुमध्ये प्रथम वर्षको परीक्षामा उत्किृष्टता हासिल गरी Economic Development & Planning विषयमा सवभन्दा उच्चतम अंक ल्याई प्रथम हुने विद्यार्थीलाई प्रत्येक वर्ष प्रदान गरिने व्यवस्थानुसार शैक्षिक वर्ष २०६९ (त्रिविको शैक्षिक वर्ष ढिलो भएकोले)को यस्ता छात्रवृत्ति धर्मेन्द्र तिमिल्सिनालाई प्रदान गरियो । योभन्दा अघि पाँचौ वैकिंग छात्रवृत्ति श्री अश्लेष श्रेष्ठलाई र  सवैभन्दा पहिले खगेन्द्र कटुवाल, र त्यसपछि क्रमशः कमला तिमिल्सिना, भरत थापा, र अर्जुनवहादुर पाठकलाई प्रदान गरिसकिएको छ ।

यही समारोहमा श्री पिताम्वर प्रसादआचायले कृषिविकास वैंकवाट वैंकिगयात्रा प्रारम्भ गरी डिप्रोक्स नेपाल र डिप्रोक्स/नाडेप लघुवित्त वैंकमार्फत लघुवित्तको माध्यमवाट समाजका पिछडिएका एवं न्यूनआयभएका महिलावर्गको सामाजिक तथा आर्थिक उत्थान गरी नेपालको गरिवी विरुद्धको आन्दोलनमा विगतचार दशकदेखि अनवरतरुपमा निर्वाह गरेको अग्रणी भूमिकाको कदर गर्दै गुठीको विधान वमोजिम उनलाई प्रथम गभर्नरवाट सम्मान पत्रसहित दोसल्ला ओढाई सम्मान समेत गरियोे । 

त्यस्तै योगेन्द्र मण्डललाई पनि उनले गैरसरकारी संस्था –जीवनविकास समाज र गैरसरकारी वित्तीय  मध्यस्थतामार्फत लघुवित्तको माध्यमवाट समाजका पिछडिएका एवं न्यून आय भएका महिलावर्गको सामाजिक तथा आर्थिक उत्थान गरी नेपालको गरिवी विरुद्धको  आन्दोलना विगत दुई दशकदेखि निर्वाह गरेको उल्लेख्य भूमिकाको कदर गर्दै गुठीको विधानवमोजिम प्रमुख अतिथीवाट सम्मान पत्रसहित दोसल्ला ओढाई सम्मान गरियोे । यसअघि नेपालका लघुवित्त पिता डा.हरिहरदेव पन्त (हाल स्वर्गीय)लाई यस्तो सम्मान गरिएको थियो । 

त्यस्तै समारोहमा  गुठीले अवदेखि वैंकिङ्ग पुरस्कार रु ५० हजारबाट रु ७५ हजार, पत्रकारिता पुरस्कार रु १५ हजारबाट, २५ हजार, छात्रवृत्ति रु १० हजारबाट, १५ हजार बढाउने निर्णय गरिसकेको व्यहोरा पनि जानकारी गराइएको थियो ।  अर्थविद डा. रेवत वहादुर कार्कीद्वारा अक्षय कोष राखी २०६२ सालमा स्थापना गरिएको यस गुठीको हाल रु२७ लाख अक्षय कोष रहेको छ । यस कोषवाट प्राप्त व्याज आयवाट उपर्युक्त पुरस्कार इत्यादिको व्यवस्था गरिदै आएको छ । 

नेपालमा यो क्षेत्रको यस्तो किसिमको पुरस्कार प्रदान गर्ने एक मात्र राष्ट्रिय संस्था हो ।

Ad