June 23rd, 2022

खातामा पैसा नभएको २ करोडको चेक दिएर झुक्याएपछि…

बैंकिङ खबर/ विभिन्न १० व्यक्तिहरुलाई आफ्नो रकम नभएको बैंक खाताबाट चेक काटी २ करोड ३२ लाख ४० हजार रूपैयाँ बराबरको बैंकिङ कसूर गरी फरार रहेका व्यक्ति पक्राउ परेका छन् ।

प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले बैकिंङ कसूर मुद्दाका फरार प्रतिवादी खोटाङ हलेसी नगरपालिका ६ स्थायी ठेगाना भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरेलाई पक्राउ गरेको हो । घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]