Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

यती डेभलपमेण्ट बैंकको ब्राण्ड एम्बेसडरमा महेश्वर महर्जन

२०७३ आश्विन ६ गते

yetiशारिरीक सुगठनको ५० औं एसियन च्याम्पियनसिपमा स्वर्णपदक विजेता महेश्वर महर्जनलाई यती डेभलपमेण्ट बैंकले ब्राण्ड एम्बेसडरको रुपमा २ बर्षको लागी अनुबन्धीत गरेको छ । भुटानमा भएको प्रतियोगिता अन्तर्गत ७५ के.जी. तौल समुहमा महर्जनले १० देशका प्रतिस्पर्धीहरुलाई उछिन्दै प्रथम स्थान हासिल गरेका थिए । खेलाडीको उच्च कदर गर्दै खेलाडीको मनोबल बृद्धि गर्ने उद्देश्यले बैंकले वहांलाई  ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त गरेको हो ।