June 1st, 2022

सिभिल बैंकको डेपुटी सिईओमा सचिनजंग रायमाझी नियुक्त

बैंकिङ खबर/ सिभिल बैंकको डेपुटी सीईओमा सचिनजंग रायमाझी नियुक्त हुनुभएको छ । एक वर्षदेखि खाली पदमा नियुक्त गर्न बैंकको बैठकले रायमाझीलाई डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
विगत साँढे ४ वर्षदेखी चिफ क्रेडिट अफिसर रहेका रायमाझीसँग २१ वर्षे बैंकिङ अनुभव रहेको छ । नेपाल राष्ट्र बैंकको सहायक निर्देशकबाट बैंकिङ्ग सेवा सुरु गर्नुभएका रायमाझी एनबी बैंकमा आएको समस्या समाधान गर्न राष्ट्र बैंकको तर्फबाट व्यावस्थापक टिममा रहेर काम गर्नुभएको थियो । त्यसपछि उहाँले एनसीसी, मेगा र प्रभु बैंकमा समेत काम गर्नुभएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]