Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

गाभिए शुभेच्छा र गरिमा विकास बैंक, एक अर्ब नाघ्यो पुँजी

२०७३ आश्विन ४ गते

mergerशुभेच्छा विकास बैंक र गरिमा विकास बैंक एकआपसमा गाभिएर बनेको नयाँ बैंकको एकीकृत कारोबार  मंगलबारदेखि सुरु भएको छ । भरतपुरको चितवनमा केन्द्रीय कार्यालय रहेको शुभेच्छा र पोखरामा केन्द्रीय कार्यालय रहेको गरिमाले गरिमा विकास बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् । 

मर्जर पछि बन्ने नयाँ बैंकको कर्पोरेट कार्यालय पोखरामा नै रहने बताइएको छ । केही समय पछि काठमाण्डौंको लाजिम्पाटमा उक्त कार्यालय स्थानान्तरण गर्ने तयारी बैंकले गरिरहेको छ । मर्जरपछि बनेको नयाँ बैंकको पुँजी एक अर्ब ८ करोड रुपैयाँ पुगेको छ । राष्ट्रियस्तरको विकास बैंक बन्न २०७४ असार मसान्तसम्म बैंकले चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्ने छ ।

गत असार ३ गते दुबैं बैंकको साधारण सभाले मर्जरको प्रस्ताव पारित गरी राष्ट्र बैंकमा मर्जरको अन्तिम स्वीकृति माग गरेकोमा नेपाल राष्ट्र बैंकले भदौ २४ मा मर्जरको अन्तिम स्वीकृति दिएको थियो । कम्पनी रजिष्ट्रार कार्यालयले पनि भदौ २७ गते दुवै संस्थालाई गाभ्ने र गाभिने सम्बन्धमा अन्तिम स्वीकृति दिएको थियो ।