Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

आर्थिक संकटको बाटोतिर लेबनान, बैंकहरुद्वारा नगद निकासीमा प्रतिबन्ध !

२०७९ जेष्ठ १३ गते

बैंकिङ खबर/ लेबनानमा विदेशी मुद्राको संचितिमा गिरावट आउन थालेको छ । जसका कारण देश आर्थिक संकटर्फ जान थालेको छ । विदेशी मुद्राको अभावमा लेबनानको निजी अस्पतालहरू उपकरण र औषधीहरू किन्न समेत समस्यामा परेका छन् ।

अस्पतालहरु विदेशी मुद्राको अभाव भएका कारण बन्द हुने खतराको सामना गरिरहेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ‘अहिले बैंकहरूले नगद निकासीमा प्रतिबन्ध लगाएको बेला अस्पतालहरूले आवश्यक उपकरण तथा सामग्रीहरू किन्न अमेरिकी डलर कोष सुरक्षित गर्न असमर्थ रहेका छन्,’ नीजि अस्पतालहरूको समूहका प्रमुख सुलेमान हारूनले भन्नुभयो ।

लेबनानको केन्द्रीय बैंक नजिकै अस्पतालका प्रतिनिधिहरूले गरेको विरोध सभामा बोल्दै हारुनले तरलता अभावका कारण अस्पतालले आफ्ना श्रमिकको अधिकार सुरक्षित गर्न नसकेको पनि उल्लेख गर्नुभयो ।

उहाँले ‘सेन्ट्रल बैंक अफ लेबनान’लाई स्वास्थ्य क्षेत्रलाई आउनै लागेको संकटबाट बचाउन बैंकहरूमा अस्पतालको कोष जारी गर्न आग्रह गर्नुभयो । लेबनानमा चलिरहेको अभूतपूर्व आर्थिक संकटले गर्दा केन्द्रीय बैंकले अमेरिकी डलर निकासीमा व्यापक नियन्त्रण गर्न बाध्य भएको छ र यसले व्यापार तथा व्यक्ति विशेष दुवैलाई बृहत् प्रभाब परेको छ ।

लेबनानी बैंकहरूको संघ (एबीएल) ले मंगलबार लेबनानी सरकारले दोस्रो पटक अपनाएको वित्तीय ‘रिकभरी रोड म्याप’लाई समेत अस्वीकार गरेको छ ।उक्त दिन स्थानीय मुद्रा अमेरिकी डलरको तुलनामा ३४, ००० लेबनानी पाउन्ड न्यूनमा रुपमा झरेको थियो ।

देशको आर्थिक मन्दीलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा एबीएल र त्यसपछिका सरकारहरू दुई वर्षभन्दा बढी समयदेखि असहमत छन् । संयुक्त राष्ट्रसंघका अनुसार यहाँ करिब तीन चौथाइ जनसंख्या गरिबीमा फसेकका छन् ।

Ad