Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

यसरी मनायो कञ्चन डेभलपमेन्ट बैंकले आफ्नो आठौँँ वार्षिकोत्सव 

२०७३ आश्विन ३ गते

kanchanकञ्चन डेभलपमेन्ट बैंक लिमिटेड सोमबार (असोज ३ गते) देखि आफ्नो स्थापनाकालको सात वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । 

रक्तदान कार्यक्रम
वार्षिकोत्सवको अवसर पारेर बैंकले रेडक्रस महेन्द्रनगरको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बैंकका सेयरधनी, कर्मचारी र अन्य सर्वसाधारणले समेत रक्तदान गरे ।  साथै, रेडक्रसका लासग आवश्यक एक थान ब्लड डोनर चेयर खरिद गर्न आवश्यक प्रक्रिया पुरा भए पछि रु १२,००० नगद सहयोग गर्ने निर्णय समेत बैंकले गरेको छ ।

खाद्यान्न वितरण
सोही अवसरमा महेन्द्रनगरको बनखेतमा रहेको महिला तथा बृद्धा सेवा केन्द्र स्थित बृद्ध–बृद्धा, बाल–बालिकाहरुको हेरचाह गर्ने सहयोगी महिला समेत गरि ६५ जना, महेन्द्रनगर बजारस्थित महाकाली अञ्चल बाल अनाथलयमा रहेका २७ जना बालबालिकाहरु र रौतेला मन्दिरस्थित बैजनाथधाम तथा बृद्धाश्रम सेवा समितीमा रहेका १० जना बृद्ध–बृद्धालाई मिठाई, फलफुल जुस, चामल २० क्विन्टल, पिठो ५ क्विन्टल, दाल १ क्विन्टल, खाने तेल ७० लिटर, नुन २० केजी, मसाला ५ केजीआलु २ क्विन्टल लगायतका खाद्यान्न सहयोग प्रदान गरेको बैंकले जनाएको छ । बैंकले विगतका वर्षहरुमा पनि वृद्धवृद्धा तथा अनाथ बालबालिकाहरुलाई सहयोग गर्दै आएको थियो ।  

विद्यार्थीलाई छात्रवृत्ति
त्यस्तै, बिद्यालयसंग समन्वयगरि कञ्चनपुर, कैलाली र डडेल्धुरास्थित यस बैंकका ९ वटा शाखाहरुले सिफारिस गरि पठाएका १÷१ जना र यस बैंकको प्रधान कार्यालयले १ जना गरि जम्मा १० जना गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई जनही रु २५०० का दरले रु २५,००० छात्रबृति समेत प्रदान गर्ने निर्णय गरिएकोा छ । 

बैंकले निक्षेप संकलन, कर्जा लगानी तथा अन्य बैकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।