May 17th, 2022

अमेरिकामा ४० वर्ष यताकै बढी महंगी, व्याजदर बढ्ने संकेत !

बैंकिङ खबर/ अमेरिकामा पछिल्लो केहि दिनयता अत्याधिक महंगी बढेको छ । गोल्डम्यान स्याक्सका सीनियर चेयरमेन लार्यड ब्लैंकफिनले उक्त विषयलाई लिएर सतर्क गराएका छन्।

उनले भनेका छन्, ‘अमेरिकामा मन्दीको खतरा छ । यदि मैले कुनै ठूलो कम्पनी चलाइरहेको छु भने म आर्थिक मन्दीको लागि तयारी अवस्थामा रहने छु । यदि म आम उपभोक्ता हुँ भने पनि मन्दीको संकेत आए सँगै मैले आफूलाई मन्दीको सामना गर्न तयार गर्नु पर्ने छ’ सिबिएस टिभी च्यानलले सञ्चालन गरेको एक कार्यक्रममा ब्लैंकफिनले भने ।

मन्दी कुनै सामान्य कुरा होइन । यसको सामना गर्न धेरै सतर्कताकासाथ बाटो रोज्नु पर्ने हुन्छ । फेडरल रिजर्भसँग महंगी कम गर्ने धेरै राम्रा टुलहरू छन् । ती टुलहरूलाई उसले राम्रोसँग प्रयोग पनि गरिरहेको छ । कोभिडका महामारीकोबीच विश्वले अनेकन् तनाव झेलिरहेको थियो । त्यो तनाव कम हुन नपाउँदै रुस र युक्रेन युद्धले थप आर्थिक तनाव बढाएको छ ।

ब्लैंकफिनको भनाइ त्यसै दिन आएको हो जुन दिन गोल्डम्यानको इकोनमिक्स टिमले अमेरिकाको जिडिपी कम रहने अनुमान प्रस्तुत गरेको थियो । जेन हेट्जीयसको नेतृत्वमा तयार पारिएको रिपोर्टमा यस वर्ष अमेरिकाको जिडिपी २.६ प्रतिशतबाट घटेर २.४ प्रतिशतमा सीमित हुने प्रक्षेपण छ । यसै गरी आउने सन् २०२३ को अनुमानलाई समेत २.२ प्रतिशतबाट घटाएर १.६ प्रतिशतमा झारिएको छ ।

बजारमा बढ्दै गइरहेको सामान बस्तुको मूल्यलाई लिएर अमेरिकी उपभोक्ताको मनस्थिति नै बिग्रिँदै जान थालेको छ । खाध्यन्न, उपभोग्य सर समान र निर्माणसँग सम्बन्धित बस्तुहरूको मूल्य तीव्र गतिमा बढेका कारण अमेरिकामा मार्च महिनामा महँगी बढेर ८.५ प्रतिशतमा उक्लिएको थियो।

जुन ४० वर्ष यताकै सबैभन्दा ठूलो महँगीको सामान यस वर्ष अमेरिकीहरूले गर्नु पर्यो । यद्यपि अप्रिलमा आएर महंगी केही नियन्त्रणमा आएको छ । तर जुन रुपमा नियन्त्रणमा आउनु पर्ने हो त्यो भने आएको छैन । अहिले महंगी ८.५ प्रतिशतबाट घटेर ८.३ प्रतिशतमा झरेको छ ।

पछिल्लो समय बढाइएको व्याजदरका कारण उपभोग कम हुन जाँदा उक्त प्रतिशतको गिरावट आएको हो । महंगी दर यही अनुरूप नै रहने हो भने आउने दिनमा पूनः अमेरिकी जनताले थप बढ्दो ब्याजदरको सामना गर्नु पर्ने हुन सक्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]