Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गरिमा विकास बैंकको शाखा शाखामा लस्कर फूडसको कोर्पोरेट लन्च प्याकेज

२०७९ बैशाख २७ गते

बैंकिङ खबर/ गरिमा विकास बैंकले लस्कर फूडसको कर्पोरेट लन्च प्याकेज लिने भएको छ । सम्झौता अनुसार अब लस्कर फूडसको कोर्पोरेट लन्च प्याकेज, गरिमा विकास बैंकको शाखा शाखामा पुग्ने छ ।

लस्कर फूड्सले हाइजेनिक किचेनको अवधारणालाई अघी सारेर कोर्पोरेट लन्च अफर ल्याएको हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घर घर-कार्यालयमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । यही अनुरुप गरिमा विकास बैंकले लस्कर फुडसको कोर्पोरेट लन्च प्याकेजको सदस्यता लिएको हो ।

काठमाडौं उपत्यकाका कार्यालय अफिसहरुलाई मध्यनजर गरी समयमा सस्तो मिठो हाइजेनिक खाजा खुवाउने लक्ष्य लस्कर फुडसले लिएको कम्पनीका प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताउनुभयो ।

लस्कर फूड्सले सुलभ रकम, समयमै हाइजेनिक खाजा खुवाउने लक्ष्य लिएको छ । लस्कर फूड्सको पहिलो कर्पोरेट लन्च प्याकेज गरिमा बिकास बैंकले लिएको हो । लस्कर फुड्सले आकर्षक ’कोर्पोरेट लन्च अफर’ ल्याएको छ ।

लस्कर फुडसको कोर्पोरेट लन्च प्याकेजको सदस्यता लिन लस्कर फुडसको कार्यालयमा सम्पर्क गरेर बुझ्न सकिने कम्पनीका प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताउनुभयो ।

Ad