२०७३ आश्विन २ गते

यती डेभलपमेण्ट बैंकद्धारा अनाथ बालबालिकाको निःशूल्क स्वास्थ्य परीक्षण

yetiयती डेभलपमेण्ट बैंक लिमिटेडले शनिवार निःशूल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । बैंकको पोखरा शाखाले आफ्नो समाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य शिविर आयोजना गरि ६२ जना अनाथ बालबालिकाहरुको स्वास्थ्य परिक्षण गराएको हो । स्वास्थ्य शिविरमा डा भिष्मराज बराल र डा प्रकाश कार्कीले नमस्ते कम्युनिटी फाउण्डेसनमा रहेका बालबालिकाको स्वास्थ्य परिक्षण गरेका थिए । 
  
कार्यक्रममा पोखराका अग्रज पर्यटन व्यवसायी रामचन्द्र भट्टराईले यती डेभलपमेन्ट बैंकले जस्तै सबै व्यवसायिक प्रतिष्ठानले कमाईको केही हिस्सा सामाजिक सेवामा लगाउन सके देश विकासमा महत्वपूर्ण योगदान हुने बताए । नमस्ते कम्युनिटी फाउण्डेशनका संस्थापक अध्यक्ष भिष्मराज पौडेलले यती डेभलपमेण्ट बैंकले सामाजिक क्षेत्रमा गरेको योगदानबारे चर्चा गर्दै बैंकलाई धन्यबाद दिए । बैंकको केन्दिय कार्यालयका वजार व्यवस्थापक प्रकाश घिमिरेले यस्ता सामाजीक कार्यहरुलाई प्राथमिकता दिई सहयोग गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरे ।