Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आईएमईको नयाँ योजना : “आईएमई हात हुँदैन खाली”, पैसा पठाउँदा उपहार पक्का 

admin २०७३ आश्विन २ गते
सेयर:

image descriptionरेमिट्यान्स सेवाप्रदायक कम्पनी आईएमई लिमिटेडले नेपालीहरुको महान् पर्व विजयादशमीलाई लक्षित गर्दै  सेवाग्राहीमुखी प्रवद्र्धनात्मक योजना “आईएमई हात हुँदैन खाली” सार्वजनिक गरेको छ । यहि आश्विन १, देखि आश्विन ३०, २०७३ सम्म एक महिना गर्न लागिएको “आईएमई हात हुँदैन खाली” योजनामा नेपालका १४७ आईएमई सेन्टर सहित ५२०० भन्दा बढी रेमिट्न्स भुक्तानी काउण्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाहरुका देशभरि फैलिएर रहेका विभिन्न शाखाका सेवाग्राही सहभागी हुन सक्नेछन् । 

केके छन् उपहार ?
यस योजनाबाट श्रम एवं बिभिन्न उद्देश्यले प्रवासमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आईएमईमार्फत् आफ्नो मिहिनेतको कमाइ सुरक्षित तरिकाले स्वदेशमा पठाइ उपहारसमेत प्राप्त गर्नेछन् ।  यो योजनामा विदेशबाट आईएमई गर्नेको हकमा प्राप्तकर्ताले आईएमई ब्रान्डेड टिसर्ट, क्याप, टर्च, सपिङ्ग झोला, पेन, स्टेशनरी सेट आदि निश्चित  उपहार पाउने व्यवस्था मिलाईएको छ । निश्चित उपहारका अतिरिक्त दैनिक लक्की ड्र मा विजयी हुने १० जनालाई जनही २ वटाका दरले तीन सय चन्द्रागिरि केबलकारको टिकट उपलब्ध गराईनेछ भने साप्ताहिक लक्की ड्र मा विजयी हुनेलाई प्रत्येक हप्ता १ जनाको दरले चार थान यूएम स्कुटर उपहार स्वरूप प्रदान गराईनेछ । यस योजनाबाट लाखौँ सेवाग्राही लाभान्वित हुने विश्वास आईएमईले लिएको छ ।

लक्की ड्र को नतिजा यस कम्पनीको आधिकारिक वेभसाईट, सामाजिक सन्जाल, एवं विभिन्न संचारका माध्यममार्फत् सार्वजनिक गरिने समेत कम्पनीले जानकारी गराएको छ ।

कम्पनीले सेवा शुभारम्भको १६ औ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामण्ीा क्षेत्र समेतलाई समेट्ने गरी ७५ जिल्लाका ५२०० भन्दा बढी शाखा÷सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।