April 25th, 2022

प्रदेश स्तरीय अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि नविल बैंकलाई

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैंक विराटनगरद्वारा  आयोजित प्रदेश स्तरीय अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि नविल बैंकले जितेको छ । 

वैशाख १० गते विराटनगरस्थित द स्पोर्टस् हबमा सम्पन्न फाइनल खेलमा एन आई सी एशिया बैंकलाई १–० ले पाखा लगाउँदै नविल बैंकले उपाधि हात पारेको हो । खेलको दोस्रो हाफमा नविल बैंकका रोशन तामाङले गरेको गोल नै निर्णायक हुनपुग्यो ।

उक्त प्रतियोगितामा प्रदेश नं. १ स्थित बैंक तथा वित्तीय संस्थाका कुल ३३ टीमको सहभागीता रहेको थियो । प्रतियोगितामा प्रथम र द्वितीय हुने टीमलाई बैशाख १४ गते नेपाल राष्ट्र बैंक विराटनगर परिसरमा हुने बैंकको ६७ औँ वार्षिकोत्सव समारोहमा ट्रफी, मेडल तथा प्रमाण पत्र सहित पुरस्कृत गरिनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]